Section 62
समाजसेवी तथा बाल मनोविज्ञ
(१) समाजसेवी तथा बालमनोविज्ञको रूपमा काम गर्न चाहने व्यक्तिले स्थानीय बाल अधिकार समिति समक्ष तोकिए बमोजिम आफ्नो नाम सूचीकृत गराउनु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको सूचीमा रहेका समाजसेवी तथा बाल मनोविज्ञमध्येबाट स्थानीय तहमा बाल संरक्षण सम्बन्धी कार्य तथा सेवा प्रवाह गर्नको लागि आवश्यक संख्यामा समाजसेवी तथा बाल मनोविज्ञ नियुक्त गर्न सकिनेछ।
(३) उपदफा (२) बमोजिम नियुक्त समाजसेवी तथा बाल मनोविज्ञले बाल कल्याण अधिकारीको प्रत्यक्ष निर्देशन र सुपरिवेक्षणमा काम गर्नेछ।
(४) बाल अदालतलाई आवश्यक पर्ने समाजसेवी तथा बाल मनोविज्ञ उपदफा (१) बमोजिमको सूचीकृत समाजसेवी तथा बाल मनोविज्ञबाट नियुक्त गरिनेछ।
(५) समाजसेवी तथा बालमनोविज्ञको नियुक्ति प्रक्रिया, योग्यता, काम, कर्तव्य र अधिकार तथा सेवाको शर्त लगायत अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।